Kathmandu Press

पैदल घर हिँडेका नागरिकलाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ५ :  सर्वोच्च अदालतले लकडाउनका कारण पैदल हिँडेर घर जाँदै गरेका नागरिकलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउन सरकारलाई आ....

पैदल घर हिँडेका नागरिकलाई गन्तव्यमा पुर्‍याइदिन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ५ :  सर्वोच्च अदालतले लकडाउनका कारण पैदल हिँडेर घर जाँदै गरेका नागरिकलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउन सरकारलाई आदेश दिएको छ।

शुक्रबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको संयुक्त इजलासले  काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदल हिँडेका नागरिकलाई उनीहरुको गन्तव्यमा सुरक्षित साथ नि:शुल्क पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश दिएको हो।

‘विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित सुरुमा गन्तव्यमा पुर्‍याउनु राज्यको प्राथमिक दायित्व हो,’ आदेशमा भनिएको छ।  सर्वोच्चले पैदल हिँडिरहेका सबै नागरिकलाई सबै राजमार्गहरुबाट सवारीसाधनको नि:शुल्क व्यवस्था गरी गन्तव्यमा पुर्‍याउन पनि भनेको छ। 

फैसलमा भनिएको छ,'बृहत समाजको हितलाई समेत ध्यानमा राखी र्‍यापिड टेस्ट गर्दै सुरक्षाको लागि अपनाउनुपर्ने सबै आवश्यक उपायहरू अवलम्बन गर्दै अत्यन्त प्राथमिकताको साथ उनीहरूलाई सरकारको कार्यमा आश्वस्त हुने गरी अविलम्ब सबै राजमार्गहरूबाट सवारी साधनहरूको नि:शुल्क व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याइदिनू।'

यस्तै, सर्वोच्चले नागरिकहरुलाई गन्तव्यसम्म पुर्‍याउँदा महिला, बालबालिका, जेष्ठ नागरिक र शारीरिक रुपमा अस्वस्थ व्यक्तिको विशेष सुरक्षा गर्न पनि भनेको छ।
 

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, वैशाख ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्