खानेपानी ट्यांकरका चालक र सहचालकलाई सुरक्षा सामग्री सहयोग
काठमाडौं, वैशाख ५ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमबाट सुरक्षित रहन भन्दै उपत्यकाभित्र खा....

काठमाडौं, वैशाख ५ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमबाट सुरक्षित रहन भन्दै उपत्यकाभित्र खानेपानी वितरण गर्ने ट्याङ्करका चालक र सहचालकका लागि सुरक्षा सामग्री सहयोग गरेको छ।
बोर्डका कार्यकारी निर्देशक डा सन्जिव विक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मास्क, स्यानिटाइजर, हेजर र पन्जा लगायतका सामग्रीहरु निजी क्षेत्रका ट्याङ्कर व्यवसायीहरुलाई शुक्रबार हस्तान्तरण गरेका हुन्।
बोर्डको १४ औं वार्षिकोत्सवको अवसरमा निजी क्षेत्रका ८ वटा व्यवसायी संघ र केयुकेएलका ट्याङ्कर चालक र सह चालकका लागि सहयोग गरेको राणाले बताए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


