Kathmandu Press

बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज

काठमाडौं, वैशाख ५ : संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ। टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर त....

बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज

काठमाडौं, वैशाख ५ : संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ। टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए। 

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत बेलायतले स्वदेश फर्काइरहेको छ। यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले वेलायती नागरिक लगेको थियो। उसको यो तेस्रो चार्टर्ड उडान हो। 

यसैबीच एयर अरेबियाको कार्गो जहाज पनि आजैसाँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नेछ। यो कार्गो उडानमा के कस्ता सामग्री ल्याइएको भन्ने एकिन विवरण आएको छैन। जहाज काठमाडौँ आएर यताबाट रित्तै फर्कनेछ।

आज बिहान नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाईड बडी ए३३० जहाजले चीनको ग्वाङ्जाओबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिएर फर्किएका थिए। दुबै जहाज निजी व्यवसायीले चार्टर्ड गरेर सामाग्री ल्याएका हुन्।

आन्तरिकतर्फ पनि केही उद्धार तथा कार्गो उडान भइरहेका छन्। आजै दिउँसो यती एयरलाइन्सको जहाजले ३४ जना चिकित्सक बोकेर धनगढी उडान भरेको विमानस्थलले जनाएको छ। 

सरकारले सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को परीक्षणका निम्ति थप स्वास्थ्य जनशक्ति पठाएको हो।  श्री एयरलाइन्सले पनि सिङ्गापुरको लागि कार्गो उडान गर्दैछ। अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि श्रीले जहाज पठाउन लागेको हो। उडान तालिका रहेपनि अहिलेसम्म उडान नभएको विमानस्थलले जनाएको छ। यसअघि पनि श्रीले काठमाडौँ–सुडानमा कार्गो उडान गरेको थियो।

प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, वैशाख ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्