रोनाल्डोमाथि लाग्यो लकडाउन उल्लंघनको आरोप
काठमाडौं, वैशाख ५ : युभेन्ट्स तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लकडाउन उल्लंघनको आरोप लागेको छ।
कोरोना भा....
काठमाडौं, वैशाख ५ : युभेन्ट्स तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लकडाउन उल्लंघनको आरोप लागेको छ।
कोरोना भाइरसको त्रासबीच घरनजिकै रहेको पोर्चुगलस्थित मडेइरा स्टेडियममा रोनाल्डोले ट्रेनिङ सुरु गरेपछि उनीमाथि लकडाउन उल्लंघनको आरोप लागेको हो।
केही दिनअघि केही साथीहरूका साथ मडेइरा स्टेडियममा अभ्यास गरिरहेको देखिएपछि सरकारी अधिकारीहरूले रोनाल्डोमाथि लकडाउन उल्लंघन गरेको आरोप लगाएका हुन्।
मडेइराका स्वास्थ्य सचिव पेड्रो रामोसले भनेका छन्, ‘रोनाल्डोसँग लकडाउन ट्रेनिङ गर्नका लागि कुनै विशेषाधिकार छैन। अहिले उनी पनि सामान्य नागरिकमात्र हुन्।’
स्वास्थ्य सचिव रामोसले अन्य नागरिक सरह रोनाल्डोले पनि सरकारी नियमको पालना गर्नुपर्ने बताएका छन्। साथै उनले सामाजिक दूरी कायम राख्न पनि रोनाल्डोलाई सुझाव दिएका छन्। भिड नगरी सामाजिक दूरी कायम गरेर टे«निङ गर्न भने पाउने उनले बताए।
‘विश्वकै सर्वश्रेष्ठ खेलाडीले आफ्नो छविलाई उदाहरणको रुपमा पेश गर्नुपर्छ। उनले केही मिनेटमात्र ट्रेनिङ गरेका छन्, त्यसले कुनै नोक्सान हुने देखिँदैन,’ रामोसले भनेका छन्।
पोर्चुगलमा लकडाउनका बेला सामाजिक दूरी कायम गरेर भिडभाड नगरी घरबाहिर निकस्न पाउने व्यवस्था छ। रोनाल्डो गत मार्चदेखि पोर्चुगलमै छन्। आमाको उपचारका लागि मार्चको सुरुवातै इटालीबाट पोर्चुगल पुगेका रोनाल्डो लकडाउनले गर्दा इटाली फर्कन पाएका छैनन्।