प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार
काठमाडौं, वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार ब....

काठमाडौं, वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।
प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न भन्दै उच्चस्तरीय समन्वय समितिमा रहेका मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन्। लकडाउन लम्बिँदै गएपछि नागरिकहरु पैदल हिँडेर लामो यात्रामा निस्किएको र अलपत्र परेको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ।
नागरिकहरु पूर्वदेखि पश्चिमसम्मको लामो यात्रामा भोकभोकै पैदल हिँडेर जान थालेपछि प्रधानमन्त्रीले त्यसप्रति चासो देखाएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले बोलाएका छलफलमा पैदल हिँडेर जाने नागरिकहरु बाटोमा अलपत्र परेको र कसरी गन्तव्यसम्म पुर्याउने भन्ने विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा केहीबेर बसेको थियो।











