युरोपियन फुटबलको सिजन अगष्टमा सक्ने युइएफएको तयारी
काठमाडौं, वैशाख ५ : युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले कोरोना भाइरसका कारण प्रभावित भनेको युरोपको फुटबल सिजन अगष्टमा सक्ने तयारी गरेको छ।
....काठमाडौं, वैशाख ५ : युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले कोरोना भाइरसका कारण प्रभावित भनेको युरोपको फुटबल सिजन अगष्टमा सक्ने तयारी गरेको छ।
त्यसैका लागि च्याम्पियन्स लिग फाइलन अगष्ट २९ गर्ने तयारी युइएफएले गरेको छ। च्याम्पियन्स लिग फाइलन युरोपको सिजनको अन्तिम खेल हो। यो खेलसँगै युरोपियन फुटबलको सिजन सकिन्छ। कोरोना भाइरसको महामारीका कारण अहिले युरोपका सम्पूर्ण फुटबल खेलहरु अनिश्चितकालका लागि स्थगित गरिएको छ।
अहिलेको फुबटबलको अवस्थाका विषयमा युइएफएले २३ अप्रिलमा सदस्य राष्ट्रहरुसँग भिडियो कन्फेरेन्समार्फत छलफल गर्दैछ। युइएफएले स्वीकृति दिए रोकिएका लिगहरू चाँडै सक्ने निर्णय हुन सक्ने बताइएको छ।
युइएफएको योजना अनुसार च्याम्पियन्स लिग फाइनल २९ अगष्टमा टर्कीको स्तानबुलमा हुनेछ भने त्यसको तीन दिनअघि २७ अगष्टमा युरोपा लिगको फाइनल पोल्यान्डको जिडान्समा हुनेछ।
च्याम्पियन्स लिग अगष्ट २९ मा सक्ने युइएफएले दुई योजना बनाएको छ। सामान्य रुपमै जुलाई र अगष्टमा च्याम्पियन्स लिगका क्वाटरफाइनल र सेमिफाइनल गर्ने एउटा योजना युइएफको छ। यदि घरेलु लिग सक्न ढिलाइ भए लिगहरु सकिएपछि च्याम्पियन्स लिग गर्ने, त्यसमा क्वाटरफाइन र सेमिफाइनल एउटा लेग मात्र खेलाएर ‘मिनी टुर्नामेन्ट’ का रुपमा एक सातामा प्रतियोगिता सक्ने युइएफएको अर्को योजना छ।
युरोपा लिगबारे योजना बनाउन कठिन भइरहेको युइएफएले जनाएको छ। युरोपा लिगका अन्तिम १६ को पहिलो लेगकै खेलहरू नै नसकिएकाले योजना बनाउन कठिन भइरहेको उसले बताएको छ।
च्याम्पियन्स लिगमा भने अन्तिम १६ खेल आधाभन्दा धेरै सकिसकेका छन्। जसमध्ये चार टिम सेमिफाइलन पुगिसकेका छन्, ४ टोलीको दोस्रो खेल मात्र बाँकी छ।
क्वाटरफाइलन पुगिसकेका टिममा एट्लान्टा, पिएसजी, आरबी लेइप्जिग र एट्लेटिको मड्रिड छन्। रियल मड्रिड र म्यान्चेस्टर सिटी, बार्सिलोना र नापोली, युभेन्ट्स र लियोन तथा बायर्न म्युनिख र चेल्सीबीचको अन्तिम १६ को दोस्रो लेग बाँकी छ।