स्याङ्जामा विदेशबाट फर्किएका ५५१ को कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
वालिङ, वैशाख ५ : स्याङ्जामा गरिएको कोरोना परीक्षणमा सबै रिपोर्ट नेगेटिभ देखिएको छ।
पीसीआर र आरडीटी दुवै प्रविधिबाट गरिएको परीक्षणमा सबै....

वालिङ, वैशाख ५ : स्याङ्जामा गरिएको कोरोना परीक्षणमा सबै रिपोर्ट नेगेटिभ देखिएको छ।
पीसीआर र आरडीटी दुवै प्रविधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। जिल्लामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा रहेका ९८ को पीसीआर र ४५३ को आरडीटी प्रविधि गरी कूल ५५१ को परीक्षण गरिएको थियो।
११ स्थानीय तह रहेको जिल्लामा हालसम्म पिसिआर प्रविधिबाट वालिङ १३, पुतलीबजार २, गल्याङ ११, चापाकोट नगरपालिकामा १९, आँधीखोला १८, फेदीखोला १५, कालीगण्डकी गाउँपालिकामा २० गरी कूल ९८ जनाको कोरोना परीक्षण गरिएको हो।
त्यस्तैगरी, आरडीटी प्रविधिबाट जिल्लाको वालिङ ८४, पुतलीबजार ४०, गल्याङ ४२, चापाकोट ७७, भीरकोट नगरपालिकामा ४०, आँधीखोला १४, फेदीखोला ३३, अर्जुनचौपारी ५१, विरुवा २८, हरिनास गाउँपालिकामा ४४ को कोरोना परीक्षणमा सबै ४५३ जनाको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए।
गत चैत २८ गतेबाट जिल्लामा थालिएको आरडीटी प्रविधिबाट जिल्लाको कालीगण्डकी गाउँपालिका बाहेकका अन्य १० वटा पालिकामा कोरोनाको परीक्षण गरिएको छ। सबै पालिकामा गरी पुरुष ५५६ जना र महिला ४५ जना गरी कूल ६०१ जना विदेशबाट आएकाको जनाइएको छ।
बिहीबारसम्म जिल्लाका सबै पालिकाका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा पुरुष ३५ हजार ६३१ र महिला १४ हजार ७०१ गरी कूल ५० हजार ३३२ जनाको ज्वरो परीक्षण गरिएको उनले जानकारी दिए।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


