Kathmandu Press

प्रदेश ५ सरकारले बाटोमा अलपत्र परेकालाई गन्तव्यसम्म पुर्‍याइदिने

बुटवल, वैशाख ५ : प्रदेश नम्बर ५ सरकारले लकडाउनमा घर जान हिँडेका नागरिकहरुलाई खानबस्न दिएर गन्तव्यसम्म पुर्‍याइदिने भएको छ। 

प्रदेश ....

प्रदेश ५ सरकारले बाटोमा अलपत्र परेकालाई गन्तव्यसम्म पुर्‍याइदिने

बुटवल, वैशाख ५ : प्रदेश नम्बर ५ सरकारले लकडाउनमा घर जान हिँडेका नागरिकहरुलाई खानबस्न दिएर गन्तव्यसम्म पुर्‍याइदिने भएको छ। 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले घर जान भनेर हिँडेर बाटोमा अलपत्र परेका नागरिकलाई प्रदेश सरकारले खान र बस्ने व्यवस्था गरेर गन्तव्यसम्म पुर्‍याइदिने बताएका हुन्। उनले सरकारले खानबस्नको व्यवस्था गरेकाले बाटोमा अलपत्र नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह पनि गरेका छन्।

“घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला, त्यहाँ खाने बस्ने व्यवस्था छ”, मुख्यमन्त्री पोखरेलले भनेका छन्,‘ गन्तव्यसम्म हामी पुर्‍याइदिन्छौंँ।’

लकडाउनका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिकहरु पैदल हिँडेर आ–आफ्नो घरतर्फ जानेक्रम नरोकिएपछि मुख्यमन्त्री पोखरेलले यस्तो आग्रह गरेका हुन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण निर्माण क्षेत्रका मजदूरहरु समस्यामा परेका छन्।

काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदल आ–आफ्नो घरतर्फ लागेका छन्। काठमाडौंलगायत विभिन्न ठाउँबाट हिँडेर दिनहुँ कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा, प्युठान जानेहरु रुपन्देहीका सडकमा देखिएका छन्। 

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, वैशाख ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्