Kathmandu Press

देउवाले भने- निमुखा जनताको बेदना सुन सरकार

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनको कारण रोजगारी गुमेर खाना र बस्नको समस्याका कारण हिँडेर घर गइरहेका नागरिकहरुल....

देउवाले भने- निमुखा जनताको बेदना सुन सरकार

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनको कारण रोजगारी गुमेर खाना र बस्नको समस्याका कारण हिँडेर घर गइरहेका नागरिकहरुलाई सुरक्षित रुपमा घर पुर्‍याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार ट्वीट गर्दै देउवाले सरकारको भरथेग सबैभन्दा बढी निमुखा जनतामाथि हुनुपर्नेमा त्यो नभएको बताएका हुन्। सरकार सयौं किलोमिटरको कठिन यात्रा गर्ने नागरिकको दर्शकमात्रै भएको भन्दै उनले आफ्ना स्थानीय तहका नेता तथा कार्यकर्तालाई उनीहरुको खाना र राति भए बासको प्रवन्ध गर्न निर्देशन दिएका छन्। 

'सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका छन्। सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो। तर सरकारमा बसेकाहरु ती निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छनु,' देउवाले भनेका छन्। 

उनले समस्यामा परेका नागरिकलाई तत्काल गाँस, बास र सुरक्षित रुपमा घर जाने प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेका छन्। साथै उनले नेपाली कांग्रेसका स्थानीय पार्टी संरचना तथा पार्टीको भातृ एवं सुभेच्छुक संस्थालाई सहजिकरण गरेर खाना र बासको प्रवन्ध गर्न पनि निर्देशन दिएका छन्।

'लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिँडेर घर गइरहेका नागरिकहरुलाई कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुभेच्छुक संस्थाका साथिहरुले सामाजिक दूरी कायम गरी आ-आफ्नो क्षेत्रमा खाना र राती भए बासको प्रवन्ध मिलाउन म आग्रह गर्दछु,' देउवाले भनेका छन् ।

काठमाडौं उपत्यका लगायतका देशका विभिन्न क्षेत्रबाट दैनिक ज्यालादारीका मजदुरहरु गाँस र बासको समस्याले लकडाउनमा पनि सयौँ किलोमिटर हिँडेर घर फर्कन थालेका छन्। सरकारले उनीहरुलाई सहजिकरण गर्नुको सट्टा उल्टै अवरोध गर्दै आएको छ।

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, वैशाख ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्