Kathmandu Press

अझै केही दिन हावाहुरीसहित वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, वैशाख ५ : मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित व....

अझै केही दिन हावाहुरीसहित वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, वैशाख ५ : मुलुकभरको मौसममा आंशिक देखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बगाङ्लको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएकाले अझै दुई÷तीन दिन काठमाडौँ उपत्यकासहित देशको धैरै जसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार आर्यालले बताए। उनका अनुसार दुई÷तीन दिनसम्म अझै प्रायः अपरान्हपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ। 

उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भइरहेको छ। बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुने गरेको छ। अहिले प्रिमनसुन (मनसुन शुरु हुनुभन्दा पहिले)को समय भएकाले यस्तो मौसमी गतिविधि भइरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रिमनसुनमा विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्ने जस्ता संकेत देखिन्छ। अंग्रेजी महिनाको मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुनी समय मान्ने गरिन्छ। 

भोलि देशभर आँशिकदेखि सामान्य बदली रही देशका मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, वैशाख ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्