Kathmandu Press

स्याङ्जामा पाँच सय ५१ को कोरोना परीक्षण, सबै नेगेटिभ

स्याङ्जा, वैशाख ५ : स्याङ्जामा बिहीबार साँझसम्म गरिएको कोरोना परीक्षणमा सबै रिपोर्ट नेगेटिभ देखिएको छ। पीसीआर र आरडीटी दुवै प्रविधिबाट गरिएको परीक्षणम....

स्याङ्जामा पाँच सय ५१ को कोरोना परीक्षण, सबै नेगेटिभ

स्याङ्जा, वैशाख ५ : स्याङ्जामा बिहीबार साँझसम्म गरिएको कोरोना परीक्षणमा सबै रिपोर्ट नेगेटिभ देखिएको छ। पीसीआर र आरडीटी दुवै प्रविधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

जिल्लामा विदेशबाट फर्किइ क्वारेन्टाइनमा रहेका ९८ को पीसीआर र  ४५३ को आरडिटी प्रविधि गरी कूल पाँच सय ५१ जनाको परीक्षण गरिएको थियो।  ११ स्थानीय तह रहेको जिल्लामा हालसम्म पीसीआर प्रविधिबाट वालिङमा १३, पुतलीबजारमा २, गल्याङमा  ११, चापाकोट नगरपालिकामा १९, आँधीखोलामा १८, फेदीखोलामा १५, कालीगण्डकी गाउँपालिकामा २० गरी कूल ९८ जनाको कोरोना परीक्षण गरिएको हो।

त्यस्तैगरी आरडीटी प्रविधिबाट जिल्लाको वालिङ ८४, पुतलीबजार ४०, गल्याङ ४२, चापाकोट ७७, भीरकोट नगरपालिकामा ४०, आँधीखोला १४, फेदीखोला ३३, अर्जुनचौपारी ५१, विरुवा २८, हरिनास गाउँपालिकामा ४४ को कोरोना परीक्षणमा सबै ४५३ जनाको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए।

गत चैत २८ गतेबाट जिल्लामा थालिएको आरडिटी प्रविधिबाट कालीगण्डकी गाउँपालिका बाहेकका अन्य १० वटा पालिकामा कोरोनाको परीक्षण गरिएको छ। सबै पालिकामा गरी पुरुष ५५६ जना र महिला ४५ जना गरी कूल ६०१ जना विदेशबाट आएकाको जनाइएको छ।  

बिहीबारसम्म  जिल्लाका सबै पालिकाका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा पुरुष ३५ हजार ६३१ र महिला १४ हजार ७०१ गरी कूल ५० हजार ३३२ जनाको ज्वरो परीक्षण गरिएको उनले बताए।

प्रकाशित मिति: १४:३९ बजे, शुक्रबार, वैशाख ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्