Kathmandu Press

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको बूढानीलकण्ठकी युवतीको दोस्रो रिपोर्ट नेगेटिभ

काठमाडौ, वैशाख ५ : इटालीबाट फर्किएकी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-९ की महिलामा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको छ।

बुधबा....

बुधबार आरडिटी टेस्ट गर्दा पोजेटिभ देखिएपनि शुक्रबार पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको नगरपालिकाको मेयर उद्दव प्रसाद खरेलले बताए।

बुधवार गरिएको आरडीटी परीक्षणबाट पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगिएको थियो। साथै उनको परीक्षणमा संलग्न डाक्टरसहित स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइनमा राखिएको थियो।  त्यस्तै, उनका आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको थियो। 

नतिजा नेगेटिभ आएसँगै ती महिलालाई घर ल्याउने तयारी भइरहेको मेयर खरेलले बताए। 

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, वैशाख ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्