Kathmandu Press

सरकार मजदुरलाई राहत देऊ दिन सक्दैनौं भने घर जान देऊ: पौडेल 

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राहत दिन नसक्ने भए घर पठाउन आग्रह गरेका छन्। 

कोरोना भाइरसको महामार....

सरकार मजदुरलाई राहत देऊ दिन सक्दैनौं भने घर जान देऊ: पौडेल 

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राहत दिन नसक्ने भए घर पठाउन आग्रह गरेका छन्। 

कोरोना भाइरसको महामारीका कारण भोक र अभावले सयौं मानिस सयौं किलोमिटर हिडेर घर जान बाध्य बनेका छन्। यस्तो बेला सरकारले राहत दिनुपर्ने र त्यो नसकिए घर जान दिन पर्ने पौडेलको भनाइ छ। 

‘यी पैदल यात्रीहरू सरकारले राहत दिँदा दिँदै रहरले हिँडेका होइनन्। भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौं किलोमिटर हिँडेर घर गइरहेका हुन्,’ पौडेलले भनेका छन्, ‘सरकार घुम्ती बस चलाउँ यात्रुहरूलाई गन्तव्यमा पुर्‍याइदेऊ। कोही सुरक्षित हुन कसैले यस्तो पिडा पाउनु हुँदैन। राहत देऊ सक्दैनौँ घर जान देऊ।’

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, वैशाख ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्