Kathmandu Press

बाटोमा अलपत्र परेकालाई घर पुर्‍याउने व्यवस्था गर्न तरुण दलको माग

काठमाडौं, वैशाख ५ः नेपाल तरुण दलले बाटोमा अलपत्र परेकाहरुलाई घर पुराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। शुक्रबार विज्ञप्ती जारी गर्दै तरुण दलल....

बाटोमा अलपत्र परेकालाई घर पुर्‍याउने व्यवस्था गर्न तरुण दलको माग

काठमाडौं, वैशाख ५ः नेपाल तरुण दलले बाटोमा अलपत्र परेकाहरुलाई घर पुराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। शुक्रबार विज्ञप्ती जारी गर्दै तरुण दलले सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुलाई गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको हो।

‘लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मारमा परेका छन्। त्यसैले उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध मिलाउन लकडाउन सुरु भए देखिनै हामीले पटक पटक ध्यानाकर्षण गराउँदै आएका थियौं तर सरकार भने यो कार्यमा पनि चुकेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘जसका कारण मजदुरलाई खान, बस्न समस्या भई केही हिँडेरै आफनो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन् भने केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य छन्। त्यसैले यी सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन फेरि पनि सरकारसँग नेपाल तरुण दल जोड्दार माग गर्दछ।’

तरुण दलले महामारीका बेला कांग्रेस र सम्पूर्ण भातृसंस्थाहरुले सहयोग गरिरहेका बेला सरकार भने आफनो जिम्मेवारीबाट बिमुख हुँदै र वर्तमान समयका लागि अनावश्यक गतिविधिमा रुमल्लिरहेको भान परेको बताएको छ। ‘माहामारी संकटको यो समयमा परीक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकार भने आफना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्तो संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराउदछौं।’

तरुण दलकाले देशभरका सबै जिल्लामा राजमार्गमा हिडेर आफनो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गर्न निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, वैशाख ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्