Kathmandu Press

सडक आन्दोलनबाटै हिन्दू राष्ट्र : अध्यक्ष थापा

मोरङ, फागुन १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने उद्घोष गरेका छन् ।

राप्रपाको....

सडक आन्दोलनबाटै हिन्दू राष्ट्र : अध्यक्ष थापा

मोरङ, फागुन १७ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने उद्घोष गरेका छन् ।

राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा शुक्रबार बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडकबाटै हिन्दू राष्ट्र स्थापना गर्ने बताएका हुन् । ‘हाम्रो पार्टीको संसद्मा बहुमत छैन् । त्यसैले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्छौ,’ थापाले भने ।

अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमत संग्रह गर्नुपर्नेलगायतका २२ बुँदे माग प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका थिए । प्रधानमन्त्रीलाई बुझाएका माग फागुन मसान्तभित्र पूरा नभए चैतदेखि देशव्यापी संघर्षमा उत्रने चेतावनी दिए ।

उनले ०४७ यता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइड बडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज मोरङको उर्लाबारीबाट रतुवामाई, रङ्गेली हुँदै विराटनगर पुग्ने छ ।

प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, फागुन १७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्