Kathmandu Press

हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ।
हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

रौतहट, कात्तिक १६ । जंगली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए।

प्रहरी निरीक्षक अधिकारीका अनुसार जङ्गली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमानले भने भागेर ज्यान बचाएको र घर पूर्णरुपमा क्षति भएको तथा सँगैको अर्को घरलाई समेत क्षति पुर्‍याएको छ।

घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, कात्तिक १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्