Kathmandu Press

कांग्रेस युवा नेताले मेचीमहाकाली युवा संकल्प यात्रा गर्ने

संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए।
कांग्रेस युवा नेताले मेचीमहाकाली युवा संकल्प यात्रा गर्ने

काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीमहाकाली युवा संकल्प यात्रा हुने भएको छ।

कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुनेछ। संकल्प यात्राका दौरानमा तराईका सबै जिल्लामा मुख्य कार्यक्रम आयोजना गरिने शाहीले जानकारी दिए।

Hardik ivf

‘यात्रा कांग्रेसका युवा नेताहरुको सामुहिक प्रयास हो। यस यात्राले देशभरका युवाहरुलाई लोकतन्त्र, विधिको शासन, युवाको हकहित र जनअधिकारका पक्षमा ऐक्यवद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित समेत गर्नेछ,’ नेता शाहीले भने, ‘यात्राले लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मुलन, सुशासन,  युवा उद्यमशीलताको प्रवर्धन र राष्ट्र निर्माणको नेतृत्वका लागि युवालाई प्रोत्साहित गर्नेछ।’

यात्राका दौरान कोशी प्रदेशको मेचीनगरदखि सुदूरपश्चिमको महेन्द्रनगरसम्मका युवाहरुसँग समसायिक राजनीति, भ्रष्टाचार नियन्त्रण, सुशासन, नवप्रवर्तन र उद्यमशीलताका विषयमा छलफल र अन्तरक्रिया गरिने पनि उनले जानकारी दिए।

यात्राको प्रारम्भिक कार्यतालिका अनुसार २३ गते मेचीनगर, २४ गते इटहरी–मोरङ र सुनसरी, २५ गते लाहान (सप्तरी र सिराहा), २६ गते जनकपुर (धनुषा र महोत्तरी)
२७ गते चपुर (सर्लाही रौतहट), २८ गते वीरगन्ज(बारा र पर्सा), २९ गते भरतपुर (मकवानपुर, चितवन र नवलपुर), ३० गते वुटवल (नवलपरासी,  रूपन्देही र कपिलबस्तु)मा अन्तरक्रिया गरिने निश्चित भइसकेको आयोजकको भनाइ छ।

त्यस्तै, मङ्सिर १ गते लमही, दाङ, २ गते विरेन्द्रनगर, सुर्खेत, ३ गते कोहलपुर (बाँके र बर्दिया), ४ गते महेन्द्रनगर (कैलाली र कञ्चनपुर)मा संकल्प यात्रा हुने जनाइएको छ।

प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, कात्तिक १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्