Kathmandu Press

हङकङ सुपर सिक्सेसमा इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित

९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो।
हङकङ सुपर सिक्सेसमा इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित

काठमाडौं, कात्तिक १६ : ङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ। ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो।

निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो।
 
नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए। अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए।

टस हारेर पहिला ब्याटिङमा उत्रेको इंग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे।

नेपालका लागि विवेक यादव र प्रतिश जीसीले समान दुई विकेट लिए भने लोकश बम र नारायण जोशीले समान एक विकेट लिए।

 

प्रकाशित मिति: ०८:४८ बजे, शुक्रबार, कात्तिक १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्