भारतीय अधिकारकर्मीको गिरफ्तारीको नेपालमा पनि विरोध
काठमाडौं, वैशाख ५ : दलित आन्दोलन पक्षमा र जात व्यवस्थाको विरुद्धमा निरन्तर पैरवी गर्दै आइरहेका भारतीय विद्वान, मानवअधिकारकर्मी तथा लेखक डा. आनन्द तेलत....

काठमाडौं, वैशाख ५ : दलित आन्दोलन पक्षमा र जात व्यवस्थाको विरुद्धमा निरन्तर पैरवी गर्दै आइरहेका भारतीय विद्वान, मानवअधिकारकर्मी तथा लेखक डा. आनन्द तेलतुम्बडे र गौतम नवलखालाई गिरफ्तार गरेकोमा नेपालमा पनि विरोध जनाइएको छ।
नागरिक समाजका अगुवाहरुले संयुक्त विज्ञप्ति जारी गरि विरोध जनाएका हुन्। नागरि समाजका अगुवा, अधिकारकर्मी तथा लेखकहरुसहित एक सय ३२ जनाले जारी गरेको संयुक्त विज्ञप्तिमा डा.लेलतुम्बडे र नवलखाको गिरफ्तारी गैरकानुनी भएको उल्लेख गर्दै ध्यानाकर्षण भएको जनाएको छ। दुवै जनालाई भारतीय सरकारले वैशाख २ गते गिरफ्तार गरेको थियो।
विज्ञप्तिमा भनिएको छ, ‘डा.भीमराव अम्बेडकरको जन्मदिवसको अवसरमा गरिएको यस्तो गिरफ्तारीले भारतको धर्मनिरपेक्ष तथा लोकतान्त्रिक पहललाई प्रेरणाका रुपमा लिइरहेका दलित, आदिवासी, जनजाति र पिछडिएका अन्य सीमान्तीकृत समुदायमात्र होइन सिंगो भारतीय उपमहाद्वीपलाई यो गिरफ्तारी राजनीतिक रुपमा अभिप्ररित हो भन्ने सन्देश दिएको छ। कोरोनाको प्रकोपको यस्तो कठिन परिस्थितिमा विश्वका तानशाहहरुले समेत राजनीतिक आस्थाका बन्दीहरुलाई थुना मुक्त गरिरहेको बेला उहाँहरुको गैरन्यायिक गिरफ्तारीलाई नेपाली नागरिकहरुको तर्फबाट हामी भत्र्सना गर्दछौं।’
उनीहरुविरुद्ध भारतीय अधिकारीहरुले राज्यद्रोहको निराधार आरोपहरु लगाएका जनाउँदै यसले यस क्षेत्रमा भारतले कसरी राज्य आतंक फैलाउन चाहन्छ भन्ने स्पष्ट भएको उल्लेख गरेका छन्।
‘यो लोकतान्त्रिक मूल्य(मान्यतामाथिको प्रहारमात्र होइन, दलितआन्दोलनमाथिको समेत प्रहार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी विश्वभर र दक्षिण एसियाली देशहरुमा भइरहेका यस्ता हरकतहरुको विरोध गर्दछौं। र, हामी भारत सरकारलाई संवैधानिक नागरिक अधिकारको सम्मान गर्नका लागि आगह गर्दछौं।’ उनीहरुले न्याय र दलित अधिकारका लागि भएका सम्पूर्ण संघर्षहरुप्रति ऐक्यवद्धता जनाएका छन्।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


