Kathmandu Press

अछाममा जीप दुर्घटना हुँदा चार घाइते

अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
अछाममा जीप दुर्घटना हुँदा चार घाइते

अछाम, कात्तिक १५ । अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

 १ ज ४७११ नम्बरको जीप ब्रेक फेल हुँदा बाजुराका चार जना घाइते भएका हुन् ।

बयलपाटाबाट बाजुरा जाँदै गरेको जीप रिडिकोटस्थित मध्यपहाडी लोकमार्गको नालीमा पल्टिदा बाजुराको त्रिवेणी नगरपालिका–६ बस्ने १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ बस्ने २७ वर्षीय राजेन्द्र लुहार र उनका छोरा ६ वर्षीय सक्षम लुहार तथा बाजुराकै खप्तड छेडेदह गाउँपालिका–३ का गाडी चालक २३ वर्षीय रोहित रावत घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

घाइतेमध्ये नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबैको अवस्था सामान्य छ ।

घाइतेको अछामस्थित न्याय हेल्थ बयलपाटामा उपचार भइरहेको छ। गाडी चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, कात्तिक १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्