Kathmandu Press

प्रतिष्ठानको उद्देश्य अनुरूप सक्रिय र इमान्दार हुन सभापति देउवाको निर्देशन 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रतिष्ठानको उद्देश्य अनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
प्रतिष्ठानको उद्देश्य अनुरूप सक्रिय र इमान्दार हुन सभापति देउवाको निर्देशन 

काठमाडौं, कात्तिक १५। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रतिष्ठानको उद्देश्य अनुरूप सक्रिय र इमान्दार भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त १८ सदस्यको शपथपछि देउवाले प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई उक्त निर्देशन दिएका हुन्। 

सभापति देउवाले जिम्मेवारी ग्रहण गरी सकेपछि आत्म अनुशासनमा बस्न समेत ध्यानाकर्षण गराए। 

पार्टीलाई संगठित, अनुशासित बनाउँदै समय सापेक्ष नीति तथा कार्यक्रम बनाउने, विभिन्न विषयमा अनुसन्धान गर्ने र प्रशिक्षणलाई पार्टीको विभिन्न तहमा अभियानको रूपमा सञ्चालन गर्ने दायित्व प्रतिष्ठानमा रहेको भनाई देउवाको थियो। 

यसैबीच प्रतिष्ठानको बैठकमा यस विचमा गरेका कामको समीक्षा गर्दै नीति, अनुसन्धान र प्रशिक्षण क्षेत्र लगायत विविध विषयमा छलफल भएको थियो। 
प्रतिष्ठानको अर्को बैठक कार्त्तितक २८ गते बुधवार सानेपामा बस्ने भएको छ।

 

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, कात्तिक १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्