Kathmandu Press

१४ महिना जेल बसेर छुटे राहुल महरा

भेपमार्फत ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरा १४ महिना जेल सजाय काटेर छुटेका छन‍्।
१४ महिना जेल बसेर छुटे राहुल महरा

भेपमार्फत ९ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका राहुल महरा १४ महिना जेल सजाय काटेर छुटेका छन‍्।

उनी १४ महिना जेल बसेर कात्तिक १३ गते नै छुटेको केन्द्रीय कार्यालय जगन्नाथदेवलले जनाएको छ।

 उनलाई जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरी जेल सजाय तोकेको थियो। उक्त सजाय भुक्तान गरी उनी छुटेका हुन्।

भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २०८० भदौ १३ गते पक्राउ गरेको थियो।

उनलाई काठमाडौं जिल्ला अदालतले गत असोज २६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो।

८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो।

सुन बरामद गरेपछि राहुल महरा, कृष्णबहादुर महरा लगायतले सामान छुटाउन दबाब दिएका थिए। उनीहरूको पनि कनेक्सन देखिएपछि सिआइबीले अनुसन्धान गरेको हो।

सिआइबीले उनका बुवा एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि यही प्रकरणमा पक्राउ गरेको थियो। सिआइबीले उनको बयान लिएर छाडिदिएको थियो।

प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, कात्तिक १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्