दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।काठमाडौं, कात्तिक १५ : नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन्। बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टङ्गाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन्।
बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, कात्तिक १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिसबिहीबार, पुस १८, २०८१
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बूढानीलकण्ठ पुगे प्रधानमन्त्री ओलीबिहीबार, पुस १८, २०८१
अख्तियारको पहुँच र अधिकार क्षेत्र फराकिलो बनाउने तयारी बिहीबार, पुस १८, २०८१
ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या हुन सक्छ: शिक्षामन्त्रीबिहीबार, पुस १८, २०८१