प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना
'आज तिहारको लक्ष्मीपूजा १ सबैको घरआँगन उज्यालो होस् ! सबैको परिवारमा सुखशान्ति छाओस्,' ओलीले समाजिक सञ्जालमा लेखेका छन्।-1725714331.jpg)
काठमाडौं, कात्तिक १५ : प्रधानमन्त्री केपी ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन्।
'आज तिहारको लक्ष्मीपूजा, सबैको घरआँगन उज्यालो होस् ! सबैको परिवारमा सुखशान्ति छाओस्,' ओलीले समाजिक सञ्जालमा लेखेका छन्।
तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबीचको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उनले उल्लेख गरेका छन्।
प्रकाशित मिति: १०:०४ बजे, बिहीबार, कात्तिक १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार