महिला साफ फुटबलको फाइनल हेर्न प्रधानमन्त्री रंगशालामा
महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।
काठमाडौं, कात्तिक १४ । महिला साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।
दसरथ रंगशालामा बुधबार साँझ सुरू भएको नेपाल र बंगालदेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि रंगशाला पुगेका हुन्।
फुटबल हेर्न रंगशालामा दर्शकको बाक्लो उपस्थिति छ । नेपाल पहिलोपटक साफ च्याम्पियनसिप उपाधिको खोजीमा छ।
प्रकाशित मिति: १९:०४ बजे, बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार