वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकलाई नहटाउन सर्वोच्चको आदेश
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट नहटाउन सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ।काठमाडौं, कात्तिक १८ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा.द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट नहटाउन सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकबाट नहटाउन अन्तरिम आदेश दिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उप्रेतीलाई पदबाट हटाउने निर्णय गरेको थियो। सर्वोच्चले चार वर्षको लागि नियुक्त भएका उप्रेतीलाई त्यसअगावै जिम्मेवारीबाट हटाउने कार्य कानुनसम्मत नभएको जनाएको छ।
उप्रेती मन्त्रिपरिषद्को २०७९ भदौ ६ को बैठक अनुरुप चार वर्षका लागि बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । मन्त्रालयले २०८१ कार्तिक ५ गते उप्रेतीलाई स्पष्टिकरण सोधेको थियो।
‘वैदेशिक रोजगार ऐन, २०४१ मा बोर्डको प्रशासनिक प्रमुखको काम, कर्तव्य र अधिकार अन्तर्गत प्रशासनिक प्रमुखको रुपमा निजले दैनिक कार्यसम्पादन गर्नुपर्ने कार्य परिभाषित गरिएको परिप्रेक्ष्यमा लिखित स्पष्टिकरण सोधिएको मितिमै निवेदकको पदमा अर्को व्यक्तिलाई जिम्मेवारी प्रदान गरेको कार्य प्रथम दृष्टिमा नै उचित र उपयुक्त मान्न मिलेन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘अतः चार वर्षको अवधिको लागि मिति २०७९ भदौ ८ मा नियुक्ति पाएको यी निवेदकलाई सो अगावै कार्यजिम्मेवारीबाट मुक्त गर्दा निवेदकको हकको हनन हुने अवस्था देखिँदा सुविधा र सन्तुलनको दृष्टिले म२०८१ कार्तिक ६ को विपक्षी मन्त्रालयको चलानी नम्बर ४११ को पत्र एवं सोसँग सम्बन्धित काम कारबाहीहरू प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु र निवेदकलाई साविक नियुक्ति पत्र बमोजिम कामकाज गर्न दिनू, दिलाउनू।’
नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ । बुधबार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम ९ सदस्यीय संयोजन समिति गठन गरेका हुन् ।
समितिमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत सदस्य छन् । त्यस्तै केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य पनि सदस्य छन् भने प्रकाश शर्मा सदस्य सचिव छन् ।
१६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय संयोजन समिति बनाएको हो।