यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय
मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय सार्वजनिक गरेको छ ।काठमाडौं, कात्तिक १४ । मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार निर्णय सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असारमा नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न ठाउँमा रहेका जग्गा खोज्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
उक्त समितिको म्याद २ महिना थप गरिएको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएका हुन् ।
मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गरेको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत पनि गरेको छ ।
यस्ता छन् निर्णयहरूः
१. सरकार र भारतीय एक्जिम बैंकबिच भएको ऋण सम्झौताको लाइन अफ क्रेडिट संशोधन गरी क्रमशः ३५० मिलियन अमरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृति दिने ।
२. नयाँ बुटवल लमही ४०० के.भी. प्रसारण लाइन आयोजनाको ्र टावर प्याड निर्माण गर्न रूपन्देही, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने।
३. नेपाल प्रहरीको जनपद समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक किरण राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग, नक्सालमा प्राविधिकरस्वास्थ्य समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्राविधिक प्रहरी नायव महानिरीक्षक डा। सुन्दर प्रसाद ह्योजुलाई बढुवा गरी नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा पदस्थापन गर्ने ।
४. सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा अजरबैजानको बाकुमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलनमा सहभागी हुन मिति २०८१ कात्तिक २५ देखि कात्तिक ३० सम्मको भ्रमण कार्यक्रम स्वीकृत गर्ने ।
५. भूमि व्यवस्था सहकारी तथा गरिबी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत निवारण मन्त्रालय सञ्चालित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजना कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृतस्तरको थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
६. भूमि समस्या समाधान आयोगको अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा देहायबमोजिमका व्यक्तिहरूलाई नियुक्त गर्नेः
- हरि प्रसाद रिजाल, प्यूठान ( अध्यक्ष)
- सनत कुमार कार्की, जाजरकोट (उपाध्यक्ष)
- गुञ्ज बहादुर खड्का, महोत्तरी (सदस्य)
- अनिल कृष्ण प्रसाई, झापा (सदस्य)
- डा. जगत बहादुर बस्नेत, सिन्धुपाल्चोक ( सदस्य विज्ञ)
- टेक बहादुर शाह, कैलाली
- गोवर्द्धन कोली, दार्चुला (दलित)
- आरती भण्डारी, तनहुँ (सदस्य महिला)
७. माछा खोला जलविद्युत आयोजना निर्माणको लागि गोरखा जिल्लाको धार्चे गाउँपालिकामा रहेको राष्ट्रिय वनको ४.९५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद दुई महिना थप गर्ने ।
९.२०८१ कात्तिक २८ र २९ मा स्पेन सरकारको आयोजनामा स्पेनको म्याड्रिडमा आयोजना हुने Towards a Labor International को सम्मेलनमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।
१०.इजिप्टको कायरोमा २०८१ कात्तिक १९ देखि २३ सम्म आयोजना हुने United Nations Human Settlements Programme (UN-Habitat) कार्यक्रममा सहभागी हुन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई स्वीकृति प्रदान गर्ने।
११. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ स्वीकृत गर्ने ।
१२. विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत गर्ने ।