Kathmandu Press

कांग्रेसले गठन गर्‍यो महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वमा बुधबार स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेका छन्।
कांग्रेसले गठन गर्‍यो महामन्त्री शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति

काठमाडौं, कात्तिक १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वमा बुधबार स्थानीय तह उपनिर्वाचनको केन्द्रीय संयोजन समिति गठन गरेका छन्।

आउँदो मंसिर १६ गते स्थानीय तहका रिक्त पदमा हुन गइरहेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन रणनीति तय गर्न संयोजक र सदस्यसहितको समिति गठन गरिएको हो।

Hardik ivf

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शर्मा संयोजकत्वको उपसमितिमा ९ जना सदस्य छन्। जस्मा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार सदस्य छन्।

त्यस्तै, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, मीन विश्वकर्मा, मधु आचार्य सदस्य छन् भने प्रकाश शर्मालाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति: १७:४५ बजे, बुधबार, कात्तिक १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्