तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ।काठमाडौं, कात्तिक १४ । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ।
तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, 'दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।'
प्रकाशित मिति: १७:०३ बजे, बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला, कति लाग्छ शुल्क ?बिहीबार, पुस ११, २०८१
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्रीबिहीबार, पुस ११, २०८१
कांग्रेसको एक सय दिने विशेष अभियानको समय थपबिहीबार, पुस ११, २०८१
कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ: जनार्दन शर्माबिहीबार, पुस ११, २०८१