काठमाडौं महानगरले तीन ठाउँमा नेपाल र बंगालादेशबीचको फाइनल देखाउने
साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
काठमाडौं, कात्तिक २४: साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि स्टेडियममै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो। महानगरले टुँडिखेल, चाबहिलको फुटबल ग्राउण्ड र सानो गौचरण (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट लाइभ गेम देखाउने बताएको छ।
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका लागि प्रत्यक्ष प्रसारण हुने खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ ।
प्रकाशित मिति: १४:३५ बजे, बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार