देशभर अधिकांश भागमा मौसम सफा रहने
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।काठमाडौँ, कात्तिक १४ : हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: ०८:४९ बजे, बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनितआइतबार, मंसिर ९, २०८१
मधेस आन्दोलनका सहिद परिवारले गरे मुख्यमन्त्रीको कार्यालयमा प्रदर्शनआइतबार, मंसिर ९, २०८१
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामाआइतबार, मंसिर ९, २०८१
फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंहआइतबार, मंसिर ९, २०८१