डिसिएद्वारा १५ सय परिवारलाई राहत प्रदान
काठमाडौं, वैशाख ५ : लकडाउनका कारण समस्यामा परेका पश्चिम नेपालका विपन्न तथा गरिब परिवारलाई डिसिए संस्थाले राहत प्रदान गरेको छ।
लकडाउनका कारण ....

काठमाडौं, वैशाख ५ : लकडाउनका कारण समस्यामा परेका पश्चिम नेपालका विपन्न तथा गरिब परिवारलाई डिसिए संस्थाले राहत प्रदान गरेको छ।
लकडाउनका कारण अप्ठ्यारोमा परेका कञ्चनपुर, कैलाली, डोटी, बाँके, बदिएया र दैलेखका एक हजार पाँच सय ६६ परिवारलाई खाद्य सामग्री प्रदान गरेको संस्थाले जनाएको छ। ति जिल्लामा स्थानीय तहको समन्वयमा डेनमार्कको गैरसरकारी संस्था डिसिएले सहयोग प्रदान गरेको हो।
क्वारेन्टाइन बनाउन १४० बेठका लागि सामग्री, ५७ पिपिई, १२ थर्मल गन, २७१ लिटर स्यानिटाइजर, १६१ प्याकेट चिकित्सा ग्लोब्स, एक हजार ७६३ स्यानिटरी प्याड, १० हजार ६२० साबुन र एक सय सेट बाल्टिन तथा जग वितरण गरिएको संस्थाले जनाएको छ।
सरकारले तोकेको एकद्वार प्रणालीमार्फत नै सबै सामग्री स्थानीय तहलाई हस्तान्तरण गरेको डिसिए नेपालका मानवीय सहायता तथा विपद् जोखिम न्यूनिकरण म्यानेजर दिनेश गुरुङले बताए। ‘पहिलो चरणमा स्थानीय तहहरुको अनुरोध र माग अनुसार नै सहयोग गरेका छौं भने थप सहयोग पनि त्यहि अनुसार गर्नेर्छौं,’ उनले भने।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


