असर्फी किन्नेको घुइँचो [फोटो फिचर]
असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन्। राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो।![असर्फी किन्नेको घुइँचो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cc-1730189421.jpg)
काठमाडौं, कात्तिक १३ : नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ। काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ।
असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन्। राष्ट्र बैंकले आज (मंगलबार) मात्र असर्फी बिक्री गर्न लागेको हो।
गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ। यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी बिक्री गरिरहेको छ।
प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
