धनतेरसमा नयाँ भाँडाकुँडा किनमेलको चटारो [फोटो फिचर]
धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनबेचका लागि चहलपहल बढेको छ।![धनतेरसमा नयाँ भाँडाकुँडा किनमेलको चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1730178212.jpg)
काठमाडौं, कात्तिक १३ : आजदेखि नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भएको छ।
धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनबेचका लागि चहलपहल बढेको छ। विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ।
धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउन निकै फलदायी हुनेछ।
दिन हिन्दु धर्मावलम्बीहरूले आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुबेरको जन्मोत्सव मनाउने गर्दछन्।
आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत छ।
प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार