ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे दुई जहाज
काठमाडौं, वैशाख ५ : चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी ए–३३० जहाज काठमाडौ....

काठमाडौं, वैशाख ५ : चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ फर्किएका छन्।
व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए। दुवै जहाज शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ।
दुवै जहाजमा के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए। निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।
प्रकाशित मिति: ०९:४१ बजे, शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











