Kathmandu Press

त्रिभुवन विमानस्थलबाट दिल्ली उड्न लागेको जहाजमा बम राखेको सूचना

त्रिभुवन विमानस्थलबाट दिल्ली उड्न लागेको जहाजमा बम राखेको सूचना

काठमाडौं, कात्तिक १२ । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको जहाजमा बम राखेको सूचनापछि सबै यात्रुलाई ओरालिएको छ। 

सोमबार अपराह्न भारतबाट आएको एयर इन्डियाको २१५ जहाज पुनः दिल्ली फर्कनका लागि उडान भर्दै गर्दा बम रहेको सूचना आएपछि जहाजमा रहेको सबै यात्रुहरूलाई ओरालिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

 उक्त जहाज अपराह्न ३:१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

 जहाज पुनः उड्न लागि यात्रुहरू चढ्ने क्रम जारी रहँदा बम रहेको सूचना आएको थियो। 

जहाजमा १६९ मध्ये ४० जना चढिसकेका थिए। 

बम रहेको सूचनापछि सबै ४० जना यात्रुहरूलाई ओरालेर सेना र प्रहरीले खानतलासी सुरू गरेको छ। जहाज ३:५० बजे उड्ने तयारीमा थियो। 

यसअघि ६ दिनअघि दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको जहाजमा बम भएको सूचना आएको थियो। 

त्यतिबेला सेनाको बम डिस्पोजल युनिटले तीन घन्टासम्म खानतलासी गरेको थियो। 

 तीन घन्टासम्मको सर्च अपरेसनपछि केही नभेटिएपछि जहाज सुरक्षित रहेको प्रमाणित भएपछि पुनः दिल्ली उडेको थियो। 

पछिल्लो केही सातायता भारतीय एयरलाइन्सका आन्तरिक र अन्तर्राष्ट्रिय उडानका सयौं जहाजहरूमा बम भएको सूचना आएको थियो। 

घटनाबारे त्यहाँका अधिकारीहरुले छानबिन गरिरहेको छ। 

प्रकाशित मिति: १६:५० बजे, सोमबार, कात्तिक १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्