Kathmandu Press

सरकार जिम्मेवारीबाट पन्छिदै कार्यकर्तालाई जागिर खुवाउने कार्यमा लाग्यो : संग्रौला

काठमाडौं, वैशाख ५ : नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौला पन्तले वर्तमान सरकार जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिदै संकटको घडीमा पनि आफ्ना निकटस....

सरकार जिम्मेवारीबाट पन्छिदै कार्यकर्तालाई जागिर खुवाउने कार्यमा लाग्यो : संग्रौला

काठमाडौं, वैशाख ५ : नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौला पन्तले वर्तमान सरकार जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिदै संकटको घडीमा पनि आफ्ना निकटस्थहरुलाई राजनीति व्यवस्थापन र जागिर खुवाउने कार्यमा लागेको आरोप लगाएकी छिन् ।

एक विज्ञप्ति मार्फत प्रतिनिधि सभा सदस्य समेत रहेकी पन्तले कोभिड–१९को विश्वव्यापी महामारी भइरहेको वर्तमान अवस्थामा सरकारको मूलकार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु भएपनि कार्यकर्ता पोस्नकै लागि मन्त्रिपरिषद्ले भूमिसम्बन्धी समस्या समाधान आयोगको नियुक्ती गरेको भन्दै सरकारको उक्त कार्य समय सापेक्ष नभएको बताएकी छिन् ।

बिज्ञप्तिमा भनिएको छ, ‘यो त वेमौसमको बाँसुरी बजाए जस्तै हो । अहिले सरकारको मुख्य जिम्मेवारी भनेको महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नु नै हो । तर, यो सरकारलाई प्रतिपक्षी दल लगायत सबैको साथ हुँदाहुँदै ठीक बाटोमा हिँड्न सकेन, जबकी सबै जनताले लकडाउनको पालना गरी सरकारलाई सहयोग गरिरहेका छन् । ’

उनले स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी अगाडि बढ्नुको सट्टा मतियारहरुलाई समेत स्वयं सरकारले ढाकछोप गर्न लागेको, महामारी नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी एवं स्थानीय जनप्रतिनिधिहरुले गरेको कामको उच्च सम्मान प्रकट गर्नुपर्ने,  लकडाउनको अवस्थामा रोजगारी गुमाएर अलपत्र परिरहेका  मजदुर श्रमिकको उचित खानपीन र बसोबासको व्यबस्थापन गर्नका लागि समेत माग गरेकी छिन् । 

प्रकाशित मिति: ०८:४३ बजे, शुक्रबार, वैशाख ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्