Kathmandu Press

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनित

पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको विभागमा विधानको व्यवस्थाबमोजिम सभापति देउवाले सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनित

काठमाडौं, कात्तिक १२ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन्। 

पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको विभागमा विधानको व्यवस्थाबमोजिम सभापति देउवाले सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मनोनित हुनेमा रामनारायण कठरिया महतो, रामदत्त जोशी (लेकुडा), हेमलाल पाण्डे, दीपकराज तिमिल्सिना, ठाकुरप्रसाद भुसाल, श्यामकुमार बुढा, उपेन्द्रराज सिग्देल, श्रवणराज मैनाली, सीतादेवी सापकोटा (फुयाँल) र प्रह्लादकुमार कामत छन्। 

प्रकाशित मिति: १३:०० बजे, सोमबार, कात्तिक १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्