Kathmandu Press

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह 

कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौं। पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,’ उनले भने। 
राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह 

चितवन, कात्तिक १२ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्। 

नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए। सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उनको भनाइ थियो । 

Hardik ivf

‘कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए। ‘पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौं। पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,’ उनले भने। 

नेपाली कांग्रेसको नेतृत्वबाट जारी संघीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे।

प्रकाशित मिति: १२:४० बजे, सोमबार, कात्तिक १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्