Kathmandu Press

संविधान संशोधनभन्दा पहिले आवश्यक समीक्षा गर्न जरुरी छः सिटौला

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान संशोधन गर्नुभन्दा पहिले गम्भीर रुपमा आवश्यक समीक्षा हुनुपर्ने बताएका छन्।
संविधान संशोधनभन्दा पहिले आवश्यक समीक्षा गर्न जरुरी छः सिटौला

कास्की, कात्तिक ११ । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान संशोधन गर्नुभन्दा पहिले गम्भीर रुपमा आवश्यक समीक्षा हुनुपर्ने बताएका छन्।

कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आज पोखरामा आयोजना गरेको वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारसम्बन्धी अन्तरक्रियामा उनले संविधानको कार्यान्वयन गर्दा देखिएका समस्या, जनहितका पक्ष र आवश्यकताबारे समीक्षा जरुरी रहेका बताएका हुन्।

Hardik ivf

'संविधान कार्यान्वयन गर्दा जनहितमा के के काम गर्न सकियो, जनतासामु गरेका बाचा पूरा गर्ने सवालमा के के समस्या देखिए, त्यसका कारण र समाधान, संविधानमा देखिएका कमजोरीको संयमित भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्छ,' नेता सिटौलाले भने।

उनले वर्तमान सरकारसामु राजनीतिक स्थिरता कायम गर्दै जनहितका पक्षमा काम गर्नुपर्ने जिम्मेवारी रहेको धारणा राखे।

'अहिले नयाँ र साना पार्टीहरुले पुराना अनि ठूला पार्टीले केही गरेन भन्ने गरेका छन्,' उनले भने, '२०४६ सालपछि धेरै विकासका काम भएका छन् । त्यसैले केही गरेकै छैन भन्ने कुरामा म चाहिँ सहमत छैन तर परिवर्तित जनचाहनाअनुसार काम गर्न जरुरी छ।'

पूर्वउपप्रधान तथा गृहमन्त्री सिटौलाले संविधानको मौलिक हकमा व्यवस्था गरिएका उपभोक्ता अधिकारलाई राज्यले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

जनता हरेक उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिको व्यवस्था मिलाउन उनले सरकारलाई आग्रह गरे। 

प्रकाशित मिति: २२:१६ बजे, आइतबार, कात्तिक ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्