Kathmandu Press

भुटानविरूद्ध ७ गोल गर्दै बंगलादेश फाइनलमा

तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ।
भुटानविरूद्ध ७ गोल गर्दै बंगलादेश फाइनलमा

काठमाडौँ, कात्तिक ११ । तोहुरा खातुनको ह्याट्रिकसँगै बङ्गलादेशले भुटानलाई पराजित गर्दै प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। 

बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् ।

त्यस्तै साविना खातुनले दुई गोल गर्दा ऋतु पोर्ना चक्मा र सेउली अजिम समान एक/एक गोल गरेका हुन्।

भुटानका लागि डेकी लाजोमले एक गोल फर्काइन् ।

प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल आज साँझ ६:३० बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल र भारतको विजेताले उपाधिका लागि बंगलादेशसँग मंगलबार खेल्नेछ। 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, कात्तिक ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्