Kathmandu Press

केन्द्रीय सदस्य महरलाई परेको मातृशोकप्रति कांग्रेस सभापति देउवाद्वारा शोक व्यक्त 

आइतबार एक शोक वक्तव्य प्रकाशित गर्दै कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय महरप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 
केन्द्रीय सदस्य महरलाई परेको मातृशोकप्रति कांग्रेस सभापति देउवाद्वारा शोक व्यक्त 

काठमाडौं, कात्तिक ११ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरकी ममतामयी माता ललितादेवी महरको शनिबार निधन भएको छ। 

९६ वर्षको उमेरमा डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ। 

आइतबार एक शोक वक्तव्य प्रकाशित गर्दै कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय महरप्रति गहिरो दुःख व्यक्त गरेका छन्। 

स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरिएको छ। 

साथै सभापति देवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, कात्तिक ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्