Kathmandu Press

लाइसेन्स र ब्लूबुक विवादमा सर्वोच्चले माग्यो प्रहरीसँग जवाफ 

सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदीको एकल इजलासले प्रहरीसँग लिखित जवाफ माग गरेको हो।
लाइसेन्स र ब्लूबुक विवादमा सर्वोच्चले माग्यो प्रहरीसँग जवाफ 

काठमाडौं, कात्तिक ११ : ट्राफिक प्रहरीले सवारी लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिएको विषयमा सर्वोच्च अदालतले प्रहरीसँग लिखित जवाफ मागेको छ। 

सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रहरीका नाममा आदेश दिएको हो। ट्राफिक प्रहरीले सवारी लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिने कार्य गैरकानुनी रहेको बताउँदै कानुनका विद्यार्थी विवेक चौधरीले टि दायर गरेका थिए। 

सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदीको एकल इजलासले प्रहरीसँग लिखित जवाफ माग गरेको हो। रिटमा प्रचलित कानुनअनुसार ट्राफिक प्रहरीलाई जरिवाना गर्ने अधिकार मात्र दिइए पनि चालक अनुमति पत्र वा सवारी धनी प्रमाणपत्र नियन्त्रणमा लिने अधिकार नभएको दाबी गरिएको छ। 

उक्त रिटमा प्रहरीको निर्णय तत्काल रोक्न माग गरिएको अन्तरिम आदेशका बिषयमा  अन्तिम निर्णय हुँदा व्याख्या गर्नुपर्ने प्रश्नरहेको बताउँदै गृह मन्त्रालयर लगायतका निकायको लिखित जवाफ पेस भएपछि टुंगो लाग्ने सर्वोच्चले जनाएको छ । 

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, कात्तिक ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्