Kathmandu Press

बेलायतमा लकडाउनको समय तीन हप्ता थप

काठमाडौं, वैशाख ५ : बेलायतले लकडाउनको समय तीन हप्ता थप गरेको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (कोभिड १९) थप फैलिन नदिन कम्तीमा तीन हप्ता ल....

बेलायतमा लकडाउनको समय तीन हप्ता थप

काठमाडौं, वैशाख ५ : बेलायतले लकडाउनको समय तीन हप्ता थप गरेको छ । विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस (कोभिड १९) थप फैलिन नदिन कम्तीमा तीन हप्ता लकडाउन थप्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाको सङ्क्रमण भएपछि विदेश मन्त्री राबले कार्यवाहक प्रधानमन्त्रीको रुपमा काम गरिरहेका छन् ।

कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको सङ्ख्यामा कमी आए, सङ्क्रमितको सङ्ख्या घटे र कोरोनाको सङ्क्रमण देशको लागि खतरा छैन भन्ने यकिन नभएसम्म लकडाउन थपिरहने पनि विदेशमन्त्री राबको भनाइ छ ।

प्रधानमन्त्री जोनसन भने कोरोना निको भएर आराम गरिरहेका छन् । बेलायतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण १३ हजारभन्दा धेरैको ज्यान गएको छ ।  

प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, वैशाख ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्