Kathmandu Press

गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत हुन् : गृहमन्त्री

गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए।
गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत हुन् : गृहमन्त्री

काठमाडौं, कात्तिक ११ : गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन्। 

गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका हुन्।  

‘नेपालका लागि केही गर्न उद्देश्य राख्नु भएको छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ,’ उनले भने, ‘गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ। तपाईंहरू रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन्। तपाईंले संसारफैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ।’

गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताए।

‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ। तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ,’ उनको भनाइ थियो। 

गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताए। 
 

प्रकाशित मिति: १२:५० बजे, आइतबार, कात्तिक ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्