सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछः प्रधानमन्त्री
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरे।
काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री केपी ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा एमाले र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन्।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उहाँले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वोत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरे।
‘हामी केही गर्दैछौं। जनतालाई भोकै मर्न दिँदैनौँ। गरिबीबाट तड्पिन दिँदैनौं,’ उनले भने, ‘जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो।’
प्रकाशित मिति: १८:५२ बजे, शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार