अमेरिकामा एकैदिन २ हजार वढीको मृत्यु
काठमाडौं, वैशाख ५ : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।<....

काठमाडौं, वैशाख ५ : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।
यो सँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन् ।
१३ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ८५ हजार ७० जना उपचाररत छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।
प्रकाशित मिति: ०६:४८ बजे, शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











