आफूहरूको खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुने दाहलाको चेतावनी
सरकार भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा लागेको भन्दै यो सरकार आफै गुहिएर झर्ने उनको भनाई छ।-(9)-1729938078.jpg)
काठमाडौं, कात्तिक १० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित सरकार विरुद्ध खबरदारी कार्यक्रममा उनले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेकाले गम्भीर हुन चेतावनी दिए।
‘सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ। म सरकारलाई गम्भीर रुपले लिन चुनौती दिन चाहन्छु,’ उलने भने, ‘सरकारलाई हिजोको लापरवाही फेरि नदोहोरियोस भनेर खबरदारी पनि दिन चहान्छु। उद्धार, राहत र पुनस्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस्।’
अध्यक्ष दाहालले हामीलाई जे चिन्ता लागेको थियो आज सय दिन पुग्दा नपुग्दै त्यो चिन्ता सरकार आफैंले पुष्टि गरेको बताए। उनले यो सरकार आफ्नै पार्टी पंक्तिलाई ढाँटेर सुशासनकाविरुद्ध बनेको चिन्ता लागेको बताए।
‘हामीलाई नयाँ सरकार बन्यो भनेर कुनै चिन्ता छैन। तर यो सरकार के का लागि बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरुद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउन बन्यो र यो सरकार रातको अध्यारोमा आफ्नै पार्टी पङ्तीलाई समेत ढाँटेर षड्यन्त्रको तरिकाले बन्यो,’ अध्यक्ष दाहालले भने, ‘सरकार दलालहरुका घर घरमा गएर रातको १२ बजे बन्यो, हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिए । आज सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौं त्यो पुष्टि भएको छ, सरकार आफैले पुष्टि गरेको छ।’
सरकार भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा लागेको भन्दै यो सरकार आफै गुहिएर झर्ने उनको भनाई छ।
‘तपाईंहरू जसरी भ्रष्टाचारीहरुको रक्षाको लागि सुशासनका विपक्षमा विचौलियाहरुको पक्षमा जादैँ हुनुहुन्छ तपाईंहरू आफैं गुहिएर झर्नु हुनेछ, हामीलाई दोष दिन पाउनु हुने छैन,’ उनले भने, ‘हामीले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको पनि होइन, हामीलाई राम्रो तरिकाले थहा छ।’












