Kathmandu Press

हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री

जलवायु  सम्बन्धी कर्तव्य निभाउन सकेका नबसकेको बताउँदै ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताए।
हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १० : प्रधानमन्त्री केपी ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताएका छन्।

शनिबार (राष्ट्रिय जलवायु सम्मेलन) २०८१ लाई सम्बोधन गर्दै उनले विश्व कल्याणका लागि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने बताएका हुन्।

‘आफ्नो पहिचान गर्नुपर्दछ तर सबैको विकास राष्ट्रिय एकताका साथ गर्नुपर्दछ। प्रकृति परिवर्तन भइरहन्छ, प्रकृति कहिले स्थिर रहँदैन,’ उनले भने, ‘मान्छेले बनाएर जुन बिगारेको कुरा छ, त्यसले वातावरणमा आएको क्षती मानवीय कमी कमजोरीका कारणले अथवा विकास, वातावरणको इको स्टिमलाई नोक्सान नपारिकन गर्नुपर्ने विकास वातावरणतिर ध्यान नदिँदा हाम्रोमा न विकास भएको  छ, न त वातावरण नै बिग्रेको छ।’

जलवायु  सम्बन्धी कर्तव्य निभाउन सकेका नबसकेको बताउँदै ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताए। साथै उनले विश्व कल्याणका लगि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने उल्लेख गरे।

उनले नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु सम्बन्धी लिड गरिरहेको बताए । उनले सबैभन्दा बढी सरकोरावाला, सबैभन्दा बढी प्रभावित र  सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्ने भूगोल नै नेपाल भएको बताए। 

प्रकाशित मिति: १३:४७ बजे, शनिबार, कात्तिक १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्