Kathmandu Press

एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो, निर्वाचनमा हामीले धेरै तयारी गर्नपर्छ : डा.कोइराला

राजनीतिक दलहरुमा समेत आफ्नो मान्छेलाई टिकट बाड्ने प्रचलन रहेको कारण समस्या भइरहेको बताए। 
एमाले हाम्रो मुख्य प्रतिस्पर्धी हो, निर्वाचनमा हामीले धेरै तयारी गर्नपर्छ : डा.कोइराला

काठमाडौं, कात्तिक १० : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अगामी निर्वाचनमा तयारीबिना सत्ता साझेदार दल नेकपा एमालेजस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताएका छन्। 

शनिबार काठमाडौंको शनिबार काठमाडौंको पेप्सीकोलामा काठमाडौं ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको उल्लेख गर्दै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको बताए। 

Hardik ivf

राजनीतिक दलहरुमा समेत आफ्नो मान्छेलाई टिकट बाड्ने प्रचलन रहेको कारण समस्या भइरहेको बताए। 

‘अब उम्मेदवारी दिँदा कसले जित्नसक्छ भनेर उम्मेदवार खोज्नुपर्ने हुन्छ। टिकट बाँड्ने बेलामा आफ्नो मान्छेलाई टिकट बाँड्ने चलन नै छ। यसले हामीलाई बिगारिरहेको छ,’ उनले भने, ‘अहिले सबै पार्टीहरु एक्लाएक्लै चुनाव लड्ने भनिरहेका छन्। हामीले त झन भनिनै रहेका छौं यो राजनीतिक दलहरुको रणनीतिक चाल हो। एक्लाएक्लै लड्ने हो भने हामीले तयारी त गर्नुपर्यो नि। तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई हो।’

त्यस्तै, उनले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भएपनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको बताए। 

सहमति अनुसार सुरुवाती दुई वर्ष सरकारको नेतृत्व ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले गर्ने जिकिर गरे। 

‘उहाँहरूबीचको सहमति अनुसार दुई वर्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ । कांग्रेसको चाहना पनि त्यही हो,’ उनले भने, ‘तर, हाम्रो प्रतिस्पर्धी एमाले हो, सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ। हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ।’

नेता कोइरालाले सरकारमा बसेकाहरूले सहकार्य गरे पनि बाहिर रहेकाहरूले प्रतिस्पर्धीको भूमिका निभाउनु पर्ने बताए। त्यस्तो, नभए एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुने हामीले नेतृत्वलाई बुझाउनुपर्ने उनले बताए। 

प्रकाशित मिति: १३:३७ बजे, शनिबार, कात्तिक १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्